प्रतिनिधिसभाको बैठक बस्दै
नेपालखोज
२०७८ असोज १९ गते १२:४७

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६ ७७ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आएको छ । आज पनि सदनमा एमालेले विरोध गर्ने सम्भावना छ ।
एमालेले कारबाही गरेका १४ सांसदको सूचना टासँ गर्न माग गर्दै नाराबाजी गर्दै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया