तालिबानको नयाँ उर्दी- २० वर्षयताका सर्टिफिकेट काम नलाग्ने !

काबुल । तालिबान सरकारले एउटा उर्दी जारी गर्दै संसारलाई नै आश्चर्यचकित तुल्याएको छ ।
तालिबानीहरूले बितेका २० वर्षयताका सबै शैक्षिक प्रमाणपत्रलाई बेकार घोषित गर्दै ती प्रमाणपत्रलाई खारेज गरेको छ । तालिबानी उर्दीमा भनिएको छ, ‘अफगानिस्तानमा बितेका २० वर्षको अवधिमा प्राप्त हाइस्कुलदेखि स्नातकसम्मको शैक्षिक योग्यताको कुनै महत्त्व छैन । अफगानी सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार सन् २००० देखि सन् २०२० सम्मका शैक्षिक प्रमाणपत्रहरू अमान्य भएका हुन् ।
अफगानिस्तानको राजधानी काबुलमा विश्वविद्यालयका प्राध्यापकहरूसँगको एक बैठकमा अफगान सरकारका कार्यवाहक शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले उक्त कुराको घोषणा गरेका हुन् । स्मरण रहोस् अफगानिस्तानमा महिला शिक्षालगायत समग्र शिक्षाको विकासमा सन् २००० देखि सन् २०२० सम्मको समयलाई महत्त्वपूर्ण र समृद्ध युग मानिन्छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया