कर्जा खाताको संख्या १७ लाख नाघ्यो

काठमाडौं । सञ्चालनमा रहेका ६२ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले १७ लाख दुई हजार एक सय ९५ वटा कर्जा खातामार्फत ४२ खर्ब २३ अर्ब १० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो महिनासम्ममा २७ वटा वाणिज्य बैंक, १८ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनीहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् ।
सो मध्ये वाणिज्य बैंकहरुले मात्र कुल १३ लाख ६६ हजार चार सय ४२ वटा खातामार्फत ३७ खर्ब ६२ अर्ब ३८ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरुले भने कुल तीन लाख छ सय ३१ वटा खातामार्फत तीन खर्ब ९० अर्ब दुई करोड ४२ लाख रुपैयाँ कर्जा प्र्रवाह गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
फाईनान्स कम्पनीह्रुले चालु आर्थिक बर्षको पहिलो महिनासम्ममा ३५ हजार एक सय २२ वटा कर्जा खातामार्फत ७० अर्ब ४७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

प्रतिक्रिया