साढे ३३ किलो सुन प्रकरण : गोरेसहित ६ जनालाई जन्मकैद

नेपालखोज २०७८ असोज १९ गते १६:५८

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत, मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित भरिया सनम शाक्यको हत्या प्रकरणका ६ आरोपीलाई जन्मकैदको सजाय सुनाएको हो ।

८ जना मध्ये मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको फैसला सुनाइएको जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले जानकारी दिए । अन्य दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ । फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको छ ।

यस प्रकरणमा मुख्य आरोपी ुगोरेु सहित ७७ जनाविरुद्ध मोरङ प्रहरीले २०७५ बैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो ।

प्रतिक्रिया