क्रिप्टोकरेन्सीमा ४५ प्रतिशतको उच्छल, भारत र पाकिस्तानमा बढ्यो कारोबार

काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा शिबा इनु क्वाइनमा केही समय यता निकै तिब्र वृद्धि भइरहेको छ । बितेको २४ घन्टामा मात्र यसमा ४५ प्रतिशतको वृद्धि दर्ता भयो । शिबा इनु क्वाइन बजारमा विद्यमान टप १०० क्वाइन मध्ये सबै भन्दा तिब्र गतिमा विकास गरेको क्रिप्टोकरेन्सी हो । शिबा इनु क्वाइन इथिरियमबाट तयार गरिन्छ ।
मंगलवार शिबा इनुले ०.००००१२६४ डलरमा कारोबार गरेको छ र यसको मार्केट क्याप ४ अर्ब ९८ करोड ७१ लाख ६३ हजार ९७२ डलर पुगेको छ । यो सोमवारको तुलनामा ४९ प्रतिशतले बढि हो । Coinbase.com का अनुसार , गएको एक वर्षमा शिबा इनुमा ८ हजार प्रतिशतको वृद्धि आएको छ । बिटक्वाइन सबै भन्दा पुरानो क्रिप्टोकरेन्सी हो र यसमा त्यति धेरै उतारचढाव देखिदैन् । यता शिबा इनुमा निकै उतार-चढ़ाव आईरहन्छ ।
भारतमा र पाकिस्तानमा क्रिप्टोकरेन्सीको कारोबारमा उच्छल
भारत , भियतनाम र पाकिस्तानमा क्रिप्टोकरेन्सीको बजार लगातार बढिरहेको छ । भारत, भियतनाम र पाकिस्तानले मध्य तथा दक्षिणी एशियामा क्रिप्टोकरेन्सीको बाजार विस्तारमा नेतृत्व गरिरहेका छन् भन्दा हुन्छ । भारतमा गएको एक वर्षमा क्रिप्टोकरेन्सीको बजार ६४१ प्रतिशतले बढेको बताईन्छ भने पाकिस्तानमा यसको वृद्धि ७११ प्रतिशत छ ।
क्रिप्टोकरेन्सीको रिपोर्ट अनुसार डिसेंट्रलाइज्ड फाइनान्स (डीएफआई) प्लेटफर्ममा हुने गतिविधिमा भारतको भागिदारी ५९ प्रतिशत तथा पाकिस्तानको भागिदारी ३३ प्रतिशत छ । रिपोर्टमा भनिएको छ- मध्य तथा दक्षिणी एशिया क्षेत्रमा क्रिप्टोकरेन्सीसँग सम्बन्धित उद्यमशिलता (entrepreneurship) तथा उद्यम पूंजी निवेश (venture capital investment) मा उल्लेखनिय वृद्धि देखिएकोछ ।
रिपोर्टमा उल्लेख भए अनुसार १० मिलियन डलर भन्दा बढिको संस्थागत लेनदेनमा ४२ प्रतिशत ट्रान्जेक्शन भारतबाट भएको छ । यसमा पाकिस्तान तथा भियतनामबाट हुने ट्रान्जेक्शन क्रमसः २८ र २६ प्रतिशत छ । भारतमा क्रिप्टोकरेन्सीमा भैरहेको ठुलो लगानिलाई मध्यनजर गर्दै त्यहाँको सरकारले यसमा कर लगाउने तयारी पनि गरिरहेको बताईन्छ । भनिन्छ, भारत सरकारले क्रिप्टोकरेन्सीको निवेश, खर्च, माइनिङ तथा ट्रेडिङमा अलग-अलग कर लगाउन सक्छ ।
प्रतिक्रिया