शुक्रबार, वैशाख १४, २०८१

मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

नेपालखोज २०७८ असोज २० गते ६:१४

काठमाडौं । आज देशभर सामान्य बदली रहेको छ । दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल भारतको बिहार तथा आसपासमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभावका कारण नेपालमा वर्षा भएको हो ।

आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

निरन्तर वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । वर्षाका कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया