एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन : एक महिनामा तालिबानले १३ हजारको हत्या गरे
नेपालखोज
२०७८ असोज २० गते ६:२५

काबुल । तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेयता सिया जातीय समुदायका हजारौं अल्पसंख्यकको हत्या गरेको एम्नेस्टी इन्टरनेसनलले दाबी गरेको छ ।
मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदन अनुसार तालिबानले सिया सम्प्रदायको विचारधारा अस्वीकार गर्छन् ।
प्रतिवेदनमा भनिएको छ ‘इस्लामी अतिवादीले दायाकुन्दी सुबेमा गत अगस्टमा हजारा समुदायका १३ जनाको हत्या गरेका छन् ।’
बीबीसी फारसी सेवाको रिपोर्टअनुसार तालिबानले भने एमनेस्टी इन्टरनेसनलको आरोप अस्वीकार गरेको छ । तालिबानले गत अगस्ट १५ देखि अफगानिस्तानको सत्ता कब्जा गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया