बिहीबार, जेठ २, २०८२

आईपीएल : मुम्बईको प्लेअफ पुग्ने सम्भावना कायमै

नेपालखोज २०७८ असोज २० गते ६:४२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्सद्धरा राजस्थान रोयल्सलाई आठ विकेटले पराजित भएको छ ।

जितसँगै मुम्बईले प्लेअफको सम्भावना कायम राखेको छ । मुम्बई १३ खेलमा १२ अंकका साथ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलमा १० अंक रहेको राजस्थान सातौँ स्थानमा छ ।

गए राति भएको खेलमा राजस्थान रोयल्सले दिएको ९१ रनको लक्ष्य मुम्बई इन्डियन्सले ८ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर भेट्टायो ।

मुम्बईका इशान किशनले अविजित ५० रन जोड्दै अर्धशतकीय पारी खेले । राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले एक–एक विकेट लिए ।

प्रतिक्रिया