प्रहरी दिवसका अवसरमा देशैभर भएका गतिविधि (हेर्नुहोस् ८ तस्बिरमा)

नेपालखोज २०७८ असोज २० गते १४:२१


काठमाडौं । ६६औँ प्रहरी दिवसका अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । हेरौँ विभिन्न जिल्लामा प्रहरीले गरेका गतिविधि :

धनगढीमा आयोजित कार्यक्रममा अमर प्रहरीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट ।
डोटीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सलामी दिँदै नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका जिल्ला प्रमुखसहित ।
शुभकमना मन्तव्य राख्दै डोटीका प्रजिअ
तनहुँमा अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र प्रहरी उपरिक्षक दिनेशराज मैनाली ।
तनहुँमा अमर प्रहरीको शालिकमा पुष्प अर्पण गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल ।
जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम ।
बागलुङमा प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की ।
जनकपुरमा आयोजित कार्यक्रममा अमर प्रहरीका सम्झनामा अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्दै सुरक्षाकर्मी ।

तस्बिरहरु रासस

प्रतिक्रिया