चौबिस घण्टामा थपिए १,०४३ संक्रमित, ८९१ डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट कुल १५ हजार ४६५ जनाको नमुना परीक्षण गरिएको छ । ११ हजार १६५ जनाको पीसीआर परीक्षण गर्दा ८४९ जना र ४ हजार ३ सय जनाको एन्टीजेन परीक्षण गर्दा १९४ जना गरि कुल १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९९ हजार ६१५ र एन्टीजेन विधिबाट ९२ हजार ६५२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९४ रहेको छ । काठमाडौं उपत्यकामा गत चौबीस घण्टामा कुल ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३४४, भक्तपुरमा ३५ र ललितपुरमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गत चौबीस घण्टामा थप ८९१ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ७२ हजार २९९ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार १९२ पुगेको छ ।

प्रतिक्रिया