शुक्रबार, वैशाख १२, २०८२

बगलामुखी देवीको आराधना गर्नुहोस् परिवारमा सुख-शान्ति पक्का !

नेपालखोज २०७८ असोज २१ गते ६:१४

तन्त्रशास्त्रअनुसार दश महाविद्यामध्ये बगलामुखी पनि एक हो। बृहस्पतिको स्वामी भएको हुनाले, बृहस्पतिको ग्रह पीडा पाउने उद्देश्यले बिहीबार बगलामुखीको दर्शन गर्ने गरिन्छ। बिहीबार विशेष भिड हुने बगलामुखीको दर्शनबाट मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ। बगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान् विष्णु हो ।

जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आँधी आयो, त्यसको प्रभाव कम गर्न भगवान् विष्णु सौराष्ट देशको हरिद्रा भन्ने तालमा मंगलबारको चतुर्दशी तिथिका दिन आराधना गर्दा मध्यरातमा देवी बगलामुखीको उत्पत्ति भएको मानिन्छ।

बंगालमुखीलाई बम्हास्त्र पनि भनिन्छ। शत्रुलाई संहार गर्न बगलामुखीको आराधनावाट शीघ्रफल प्राप्त हुन्छ भन्ने विश्वास छ । बगलामुखी माता दक्षिण दिशातर्फ विराजमान रहेको पाइन्छ। तन्त्र साधना गने, शत्रुलाई भ्रमित पार्ने, अकाल मृत्युबाट बचाउनेलगायत कली युगमा विशेष बगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ।

देवीको उपसना गर्दा पहेंलो फूल, पहेंलो कपडा, पहेंलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ। धेरै ठाउँहरूमा बगलामुखीको अस्त्र तरबार भनिए पनि बगलामुखीको वास्तविक हतियार मुंग्रो वा सानो गदा नै हो । जो व्यक्तिले कुलपूजा एवं पितृकार्यहरू सम्पादित गर्न सक्दैन उनीहरूले बगलामुखीको आराधना गर्नुपर्छ ।

प्रतिक्रिया