शनिबार, वैशाख १५, २०८१

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध

नेपालखोज २०७८ असोज २१ गते ६:२८

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभरका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै भोलि (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पर्सि (शनिबार) दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया