आइतबार, वैशाख १६, २०८१

दक्षिणी पाकिस्तानमा ६ रेक्टरको भूकम्प, १५ जनाको मृत्यु

नेपालखोज २०७८ असोज २१ गते ६:५२

इस्लामाबाद । दक्षिणी पाकिस्तानमा आज (बिहीबार) बिहानै गएको भूकम्पले देशभर आतंकको स्थिति सिर्जना भएको छ । आज बिहान करिब साढे ३ बजे दक्षिणी पाकिस्तानमा भूकम्पको झटका महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसको मापन ६ रेक्टर स्केलमा गरिएको छ ।

प्रारम्भिक तथ्यांकअनुसार भूकम्पबाट १५ जनाको मृत्यु भएको छ । भूकम्पको केन्द्र पाकिस्तानको हरनाईको १४ किलोमिटर उत्तर-पूर्व रहेको बताइएको छ ।

समाचार एजेन्सी एएफपीले पाकिस्तानको आपतकालीन प्रबन्धन अधिकारीहरुलाई उद्धृत गर्दै जनाएअनुसार, दक्षिणी पाकिस्तानमा गएको भूकम्पका कारण मृतकको संख्या १५ पुगेको हो । पाकिस्तानको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार, हरनाईभन्दा १४ किमि एनएनईमा बिहीबार बिहान साढे ३ बजे गएको भूकम्प ६ रेक्टर स्केलको थियो ।

प्रतिक्रिया