शनिबार, वैशाख १५, २०८१

एभरेष्ट प्रिमियर लिग : भैरहवा र पोखरा भिड्दै

नेपालखोज २०७८ असोज २१ गते ७:५१

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बिहीबार) भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा आज हुने खेल मध्याह्न्न १२ : ४५ मा सुरु हुनेछ ।

यस खेलको विजेताले शनिबार उपाधिका लागि चितवन राइगर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

भैरहवा एलिमिनेटरमा काठमाडौं किंग्स-११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

प्रतिक्रिया