एमालेकाे स्थायी र पोलिटब्युरो कमिटी गठन गरिँदै

नेपालखोज २०७८ मंसिर २६ गते १०:४५

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक हिजो (शनिबार) देखि सुरु भएको हो । जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बैठक जारी छ । बैठकमा १५ कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

आज (आइतबार) बस्ने बैठकले ४५ सदस्यीय स्थायी कमिटी चयन गर्ने छ भने ९९ सदस्यीय पोलिटब्युरो पनि गठन गर्नेछ । आजको बैठकबाट नेताहरुको जिम्मेवारी तोकिने छ ।

हिजो (शनिबार) को बैठकले जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरेको थियो । यस्तै, अमृतकुमार बोहोरालाई सल्लाहकार परिषद्को अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया