एमालेका भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश
नेपालखोज
२०७८ असोज २१ गते १३:२४

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गरेका छन्। जोशीलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन् ।
उनले १० बुँदे सहमतिको कार्यान्वयन नभएको भन्दै एमाले त्यागेको बताए। यसअघि जोशी वनमन्त्री बनेका थिए । २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै उनी बझाङको क्षेत्र नम्बर १ बाटै २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
सम्बन्धित

प्रतिक्रिया