अझै भएन मन्त्रिपरिषद् विस्तार, सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा !
नेपालखोज
२०७८ असोज २१ गते १४:३५

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । मन्त्रिपरिषद् विस्तार अघि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिने बताइएको छ ।
मन्त्रिपरिषदमा नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले ४ – ४ मन्त्रालय लिने सहमति भएको थियो । यस्तै कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक-एक राज्यमन्त्री पनि पाउनेछ ।
माओवादीले ३ मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।
सम्बन्धित

प्रतिक्रिया