बिहीबार, जेठ २, २०८२

ईपीएल क्रिकेटको फाइनलमा पोखरा राइनोज

नेपालखोज २०७८ असोज २१ गते १६:२४

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको फाइनलमा पोखरा राइनोज प्रवेश गरेको छ ।

बिहीबार (आज) टियु क्रिकेट मैदानमा भएको खेलमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले हराउँदै गर्दै पोखरा उपाधि नजिक पुगेको हो ।

भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

अब पोखराले फाइनलमा चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

प्रतिक्रिया