चौबीस घण्टामा ८०५ जनामा संक्रमण पुष्टि, ९११ डिस्चार्ज

नेपालखोज २०७८ असोज २१ गते १७:२३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २६४ जनाको पीसीआर परीक्षणमा ६६७ र ३ हजार ४०८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३८ जना गरि कुल ८०५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २८२ र एन्टीजेन विधिबाट ९२ हजार ७९० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ९४२ मा झरेको छ ।

त्यस्तै, चौबीस घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप २९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०७ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत चौबीस घण्टामा थप ९११ कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ७३ हजार १४० पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९६ दशमलव ६ प्रतिशत रहेको छ ।

त्यस्तै, चौबीस घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा ज्यान गुमाउनेको कुल संख्या ११ हजार २ सय पुगेको छ ।

प्रतिक्रिया