नेपालको पासपोर्ट संसारकै खराब !

नेपालखोज २०७८ असोज २१ गते १९:४२

काठमाडौं । कोरोना महामारीको प्रकोप पछि कैयन देशले आफ्नो भिषा तथा पासपोर्ट नीतिमा अनेकन किसिमका परिवर्तन ल्याए । यस्ता परिवर्तनको असर ती देशको पासपोर्टको शक्तिमा पनि पर्यो । परिवर्तनका कारण कैयन देशको पासपोर्ट मजबुत पनि भए भने, कतिको र्‍याङकिङ तल झर्‍यो ।

यो सूचीमा जापान र सिंगापुर अहिले पनि संसारको सबैभन्दा मजबुत पासपोर्ट हुन् भने इराक तथा अफगानिस्तानको पासपोर्ट सबैभन्दा कमजोर पासपोर्ट मानिएका छन्। नेपाल कमजोर पासपोर्ट भएका देशको सबैभन्दा तल्लो १० स्थानको सूचीमा परेको छ । १० सबैभन्दा खराब स्थितिमा भएका पासपोर्ट मध्ये नेपाल ३७ अंकका साथ प्यालेस्टाइनसँगै चौथो स्थानमा छ ।

दक्षिण एसियाका श्रीलंका र बंगलादेश खराब १० मा नेपाल भन्दा केही राम्रो स्थितिमा छन् भने पाकिस्तान र अफगानिस्तानको पासपोर्टको अवस्था नेपालको भन्दा दयनिय छ । यद्यपि यो सूचीमा नेपाल ६ वटा देश भन्दा मात्र माथि लज्जाजनक अवस्थामा छ । नेपाल भन्दा तल सोमालिया, यमन, पाकिस्तान, सिरिया, ईराक तथा अफगानिस्तान मात्र छन् ।

संसारका शक्तिशाली पासपोर्ट भएका देशको यो सूची र्‍याङकिङ हेनले एन्ड पार्टनर्सले जारी गरेको हो । यो र्याङकिंङअनुसार मजबुत मानिएका देशका पासपोर्ट धारकले ५८ वटासम्म देशमा बिना भिसा प्रवेश पाउँछन् ।

हेनले पासपोर्ट इन्डेक्सले संसारका सबै देशका पोसपोर्टलाई बिना भिसा जान पाउने गन्तव्य देशको संख्याका आधारमा वर्गिकरण गरेको थियो । यस क्रममा कोभिडका कारण कैयन देशले लगाएको अस्थायी प्रतिबन्धलाई भने मूल्यांकनमा समावेश गरिएन । हेनलेको इन्डेक्सअनुसार जापान र सिंगापुरको स्कोर समानरुपमा १९२ छ र यी दुबै देश शक्तिशाली पासपोर्टको सुचीमा सबैभन्दा माथि छन् अर्थात् यी दुई देशका पासपोर्ट धारकले सर्वाधिक देशमा बिना भिसा यात्रा गर्न सक्छन् ।

पावरफुल पासपोर्ट भएका टप टेन देश
१. जापान तथा सिंगापुर (स्कोर- १९२)
२. जर्मनी तथा दक्षिण कोरिया (स्कोर – १९०)
३. फिनल्यान्ड, इटली, लक्जमबर्ग तथा स्पेन (स्कोर- १८९)
४. अस्ट्रिया तथा डेनमार्क (स्कोर-१८८)
५. फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड, पोर्चुगल तथा स्वीडेन (स्कोर- १८७)
६. बेल्जियम, न्यूजिल्यान्ड तथा स्विटजरल्यान्ड (स्कोर- १८६)
७.चेक गणराज्य, ग्रीस, माल्टा, नर्वे, युनाइटेड किङडम तथा संयुक्त राज्य अमेरिका (स्कोर- १८५)
८.अस्ट्रेलिया तथा क्यानाडा (स्कोर- १८४)
९.हंगेरी (स्कोर- १८३)
१०.लिथुवानिया, पोल्यान्ड तथा स्लोभाकिया (स्कोर- १८२)

सबैभन्दा खराब स्थितिमा भएका पासपोर्ट
१. ईरान,लेबनान, श्रीलंका तथा सुडान (स्कोर- ४१)
२. बंगलादेश, कोशोभो तथा लिभिया (स्कोर- ४०)
३. उत्तर कोरिया (स्कोर- ३९)
४. नेपाल तथा प्यालेस्टाइन टेरोटरी (स्कोर- ३७)
५.सोमालिया (स्कोर- ३४)
६. यमन (स्कोर- ३३)
७. पाकिस्तान (स्कोर- ३१)
८. शिरिया (स्कोर- २९)
९. ईराक (स्कोर- २८)
१०. अफगानिस्तान (स्कोर- २६)

स्रोत : world most powerful passport 2021

प्रतिक्रिया