दसैँमा लत्ता कपडाको मूल्य २० प्रतिशतले वृद्धि
काठमाडौं । दसैँले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापार हुन सेकेको छैन् । तर मूल्य पनि गत बर्षको भन्दा २० प्रतिशत भन्दा धेरैले बढेको व्यापारीहरुले बताएका छन् ।
आजबाट दसैँ सुरु भएको छ । दसैँ सुरु भएसँगै बजारमा पनि सामान किन्नेहरुको चहलपहल बढ्न थालेको छ । नयाँ कपडा लगाउन दसैँ कुर्ने बानी हटि नसकेका कारण पनि बजारमा भीड बढेको हो । तर, बजारमा आफूहरुले चाहे जस्तो सामान नहुँदा ग्राहकहरु भने निरास भएर फर्कन बाध्य भएका छन् भने सामान पाए पनि धेरै महँगो भएको प्रतिक्रियासमेत दिएका छन् ।
खासगरी काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरीलगायका क्षेत्रमा आउने ग्राहकहरुले लत्ताकपडा, जुत्तालगायतका सबै सामानको मूल्य निकै महङ्गो रहेको बताएका छन् । यस्तै, उनीहहरुले बजारमा नयाँ सामानहरु देखिएको पनि बताएका छन् ।
यता, व्यापारीहरुले पनि यस बर्षको दसैँमा लत्ता कपडालगायतका सामानहरुको मूल्य वृद्धि भएको स्वीकार गरेका छन् । उनीहरुले दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिंदा बजारमा अभाव भएको तथा भन्सारको मूल्यांकन पनि बढेको कारण महँगी बढेको बताएका छन् ।
उनीहरुका अनुसार यो बर्ष २० प्रतिशत भन्दा धेरै मूल्य वृद्धि भएको छ । व्यापारीहरुले ग्राहकहरुको आगमन कम हुदाँ व्यापार पहिलेको भन्दा खस्किएको पनि बताएका छन् । उनीहरुले दसैँ सुरु भएसँगै व्यस्त हुनुपर्ने बेला मोवाइल खेलाएर दिन काट्न बाध्य हुनु परेको पनि गुनासो गरे । व्यापारीले सोचेअनुसारको व्यापार नभएको बताइ रहँदा बजारमा भीड लाग्ने क्रम भने दिनहुँ बढिरहेको छ ।
प्रतिक्रिया