प्रतिनिधि सभाको बैठक बस्दै, एमालेको विरोध कायमै

नेपालखोज २०७८ असोज २२ गते ७:०५

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने छ । एमालेले भने आजको बैठक पनि विरोध गर्ने भएको छ । अघिल्लो पटक बसेको बैठक एमालेकै विरोधका कारण सात मिनेटमात्रै बसेर स्थगित भएको थियो ।

पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जनालाई सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया