मन्त्रिपरिषद् बैठक बस्दै

नेपालखोज २०७८ असोज २२ गते ९:५७

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्दै छ ।

कांग्रेसले ७, माओवादीले ५, एकीकृत समाजवादीले र जसपाले ४-४ गरी २० मन्त्रालय भागबन्डा गरिएको छ । अर्को एक मन्त्रालय भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भागमा परेको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रेम आले , स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँक्री , सहरी विकास मन्त्रालयमा विरोध खतिवडा र श्रम मन्त्रालयमा भने किसान श्रेष्ठ मन्त्री बन्ने बताइएकाे छ ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्दै हुनुहुन्छ भने बोधमाया यादव राज्यमन्त्री बन्ने भएका हुन् ।

प्रतिक्रिया