सुनको मूल्य बढ्याे !
नेपालखोज
२०७८ असोज २२ गते ११:०२

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९० हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २०० ले नै बढेको छ ।
आज तेजावी सुन ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज तोलाको १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी साेही मूल्यमा कारोबार भएकाे थियाे ।

सम्बन्धित
प्रतिक्रिया