असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री सर्बिया जाँदै

नेपालखोज २०७८ असोज २२ गते ११:१६

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का आज (शुक्रबार) असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन सर्विया जाँदै छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णयनुसार उनी आज सर्विया जान लागेका हुन् । उनी राति ८ : ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वियातर्फ प्रस्थान गर्ने बताइएकाे छ ।

परराष्ट्रमन्त्री खड्कासँगै उनका निजी सचिव शिवानी बस्नेत, सहसचिव सेवा लम्साललगायत टोली जाने छन् ।

प्रतिक्रिया