राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास जाँदै
नेपालखोज
२०७८ असोज २२ गते ११:३५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास जान लागेका छन्। भेटमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बालुवाटार स्रोतका अनुसार यो नियमित भेटवार्ता हो।
प्रधानमन्त्री देउवाले शुक्रबार (आज) मन्त्रिपरिषद् विस्तार गर्दै छन्। प्रधानमन्त्री बनेको झण्डै तीन महिना पछि देउवाले मन्त्रीमण्डललाई पूर्णता दिने भएका हुन्।
सम्बन्धित

प्रतिक्रिया