प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

नेपालखोज २०७८ असोज २२ गते १२:४५
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन् । भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री देउवाले आजै मन्त्रीपरिषद विस्तार गर्दै छन् । मन्त्रिपरिषद विस्तार गरी आजै अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवाले कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट आज मन्त्री नियुक्त गर्न लागेका हुन्।

प्रतिक्रिया