‘प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने कुरामा सत्यता छैन’

नेपालखोज २०७८ असोज २२ गते १४:०४

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग मागेको भन्ने समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने आएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।

जवाफमा कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘प्रधान्यायाधीशले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने विषयमा सत्यता नरहेको भन्दै यस किसिमको भ्रममा नपर्न आग्रह गरे ।

प्रतिक्रिया