लुम्बिनीमा मन्त्रीको नाम टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार रोकियो
नेपालखोज
२०७८ असोज २२ गते १५:०६

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रीको शपथ रोकिएको छ । शुक्रबार चार बजे लुम्बिनी प्रदेश सरकार शुक्रवार (आज) मन्त्रीपरिषद् विस्तारलाई टुंगो लगाउने भने पनि नेपाली कांग्रेसले मन्त्रीको नाम छनौट गर्न नसक्दा रोकिएको हो ।
अब लुम्बिनी प्रदेशले आइतबार मन्त्रीपरिषद् विस्तार गरिने भएको बताइएको छ । मन्त्री बन्ने टुंगो लागेका सांसदहरुलाई मुख्यमन्त्री कार्यालयले शपथका लागि निम्ता समेत दिएको थियो ।
कांग्रेसभित्र कुरा नमिलेपछि शपथ दुई दिनपछि हुने बताइएको छ । सरकारमा जानका लागि माओवादीले भने मन्त्री टुंग्याइसकेको छ ।
लुम्बिनीमा मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएको २ महिना पुग्नै लागेको छ तर अझै पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
सम्बन्धित

प्रतिक्रिया