चौबीस घण्टामा १,०३३ डिस्चार्ज, १० जनाको मृत्यु
नेपालखोज
२०७८ असोज २२ गते १६:१५

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ७६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ३३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४६६ जनाको पीसीआर परीक्षणबाट ७१५ र १ हजार २२२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४९ जना गरी जम्मा ७६४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया