देउवाले दिए मन्त्रिपरिषद्लाई पूर्णता !
नेपालखोज
२०७८ असोज २२ गते १६:२५

काठमाडौं । सरकार गठन भएको ३ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् ।
यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।
त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै हुने भएको छ । साढे ४ बजे सपथकाे समय ताेकिएकाे छ ।


सम्बन्धित

प्रतिक्रिया