अफगानिस्तानकाे मस्जिदमा आत्मघाती हमला, ५० जनाकाे मृत्यु
नेपालखोज
२०७८ असोज २३ गते ८:४२
काठमाडाैं । एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा आक्रमण गर्दा कम्तीमा ५० जना मारिएको बीबीसीले जनाएकाे छ । त्यहाँ १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा कैयौं शवहरू र अल्पसङ्ख्यक सिया समुदायले प्रयोग गर्ने मस्जिदका भग्नावशेषहरू देखिन्छन् ।
हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन् ।
इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस-केले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ । बीसीसी
सम्बन्धित
प्रतिक्रिया