लगानी बोर्डद्वारा जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत

काठमाडाैं । लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८औं बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो ।
बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह प्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिब १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजीवृद्धि स्वीकृत गरेको बताए ।
उनले माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको बताए ।
बोर्डको बैठकले सम्राट सिमेन्ट र क्यूटिवान माथिल्लो त्रिशूली वानको सेयरको स्ट्रक्चर परिवर्तन सम्बन्धी निर्णय गर्नुका साथै लगानी बोर्डको चालू वर्षको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
लगानी स्वीकृत भएको जुम खोला जलविद्युत आयोजना दोलखामा पर्छ भने अरुण तेस्रो संखुवासभामा निमाणाधिन छ । बैठकमा मन्त्रालय र लगानीबोर्डको समन्वयलाई अझ सशक्त गर्ने गरी लगानी प्रवद्र्धन गर्न र लगानी गरिएको कुरालाई विद्युत क्षेत्रमा लगानी गर्दा खपथको योजनासहित अघि बढाउनु पर्ने विषयमा छलफल भएको सह प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया