मंगलबार, मंसिर १८, २०८१

टाटाको सबैभन्दा सस्तो एसयूभी ! क्रेटा र डस्टरसँग प्रतिस्पर्धा

नेपालखोज २०७८ असोज २४ गते ६:५८

काठमाडौं । टाटा मोटर्सले उपभोक्ताहरुको रुचि र चाहनालाई ध्यानमा राख्दै चाँडै सानदार फिचरहरुले सुसज्जित किफायति एसयूभी लन्च गर्ने तयारी गरेको छ ।

यो एउटा मिड साइज एसयूभी हुनेछ जसलाई ब्ल्याकबर्ड कोड नाम दिइएको छ । सानदार फिचरहरुले सुसज्जित यो कार मानिसहरुको किफायति बजेटमा फिट मात्र नभएर यसले उनीहरुलाई रोयल एक्सपिरियन्स पनि दिने दाबी गरिएको छ ।

हालै यो कारको केही तस्बिर सार्वजनिक भएको थियो जसलाई धेरैले मन पराए । भनिन्छ यो एसयूभीले हुन्डाईको क्रेटा, कियाको सेल्टोस, निसानको किक्स तथा रेनोल्टको डस्टरसँग प्रतिस्पर्धा गर्नेछ । टाटाको यो एसयूभीको न्यूनतम अन्तर्राष्ट्रिय बजार मूल्य १६ लाख रुपैयाँको आसपास रहने बताइएको छ ।

समाचारअनुसार, यो कार ह्यारियर र सफारीको जस्तो एलईडी सिस्टमले सुसज्जित हुनेछ । यसलाई टाटाले एएलएफए (अल्फा) प्लेटफर्ममा विकसित गरिरहेको छ । नेक्सन र अल्ट्रोज आदि गाडी पनि यहि प्लेटफर्ममा निर्माण भएका हुन् । इन्जिनतर्फ यसमा नेक्सनको जस्तै इन्जिन प्रयोग गरिनेछ । नेक्सनमा १२०० सीसीको टर्बो पेट्रोल इन्जिन र १५०० सीसीको डिजल इन्जिन प्रयोग भएको छ ।

टाटाको यो नयाँ गाडीमा सनरुफ, भेन्टिलेटेड सिट, ठूलो टचस्क्रिनयुक्त म्युजिक सिस्टम, डिजिटल इस्ट्रूमेन्ट क्लस्टर, वायरलेस चार्जिङजस्ता अनेकौं फिचर रहने बताइएको छ । यो गाडीको मूल्यले पनि क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्नेछ भने टाटाले यसलाई सन् २०२२ भित्रै उपभोक्ताहरुलाई उपलब्ध गराइसक्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया