तारकेश्वरमा भएको कार्यक्रममा ५१ जनाले गरे रक्तदान

काठमाडौं । स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिले काभ्रेस्थलीमा विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको आतिथ्यतामा आयोजित कार्यक्रममा रक्तदान गर्ने सबै रक्तदातालाई समाजको लोगो अंकित टी-सर्ट र प्रशंसा-पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा महिला, पुरुष गरी ५१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा कर्माचार्यका साथै समाजका तारकेश्वर नगर समिति अध्यक्ष राधेश्याम फुयाल, नेपाल रेडक्रस सोसाइटीकी निर्देशक डा. मनिता राजकर्णिकार, रामहरि फुयाल, अनिल भण्डारीलगायतको उपस्थिति थियो ।
कोभिड-१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न भन्दै समाजले रक्तदान कार्यक्रम गरेको केन्द्रीय अध्यक्ष कर्माचार्यले नेपालखोजलाई जानकारी दिए ।

प्रतिक्रिया