आइतबार, वैशाख २३, २०८१

एशियन सेन्ट्रल जोन भलिबल बिजेता टिमलाई खेलकुद मन्त्रीको बधाई

नेपालखोज २०७८ पुष १३ गते २१:५४

काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकपको उपाधि बिजेता नेपाली महिला टिमलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिएका छन् ।

साविकको विजेता नेपालले उज्वेकिस्तान माथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि मन्त्री अथकले खुसी ब्यक्त गर्दे बधाई दिएका हुुन् । नेपाली टिमको जितको खबरले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई बधाई दिएका हुन् ।

उनले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै खुसी ब्यक्त गरेका छन् । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।

प्रतिक्रिया