आपूर्तिमन्त्री हमालको राजीनामा स्वीकृत
नेपालखोज
२०७८ असोज २४ गते ११:०९

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् । प्रधानमन्त्रीकै अनुरोधमा हमालले आइतबार बिहान पदबाट राजीनामा दिएको जनाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लगाइएपछि प्रधानमन्त्रीले राजिनामा माग गरेका थिए । सोहि अनुरुप हमालले आज राजीनामा दिएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया