‘सर्वोच्च अदालतले राजनीति गर्न हुँदैन’
नेपालखोज
२०७८ असोज २४ गते १३:०१
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ओली सरकारले ताजा जनादेशमा जानुपर्छ भनेर संसद विघटन गरेको बताएका छन् ।
आइतबार (आज) पत्रकारसँगको भेटघाट कार्यक्रममा नेता पोखरेलले सर्वोच्च अदालतले राजनीति गर्न नहुने बताए।
सभामुखले अमर्यादित काम गरेको र त्यो नसच्याएसम्म संसद अवरुद्ध गरिरहने उनले बताएका छन् । यस्तै उनले आफ्नो सरकार सत्तामा रहँदा निर्वाचनका लागि गरिएको घोषणापत्रअनुसार नै काम गर्दै आएको उनको दावी छ।
नेतृत्व छनोटलाई व्यवस्थित बनाउन प्रथम विधान अधिवेशन गरेको जानकारी दिँदै उनले मंसीरमा हुन लागेको राष्ट्रिय महाअधिवेशनमा परिस्थिति र आवश्यकता अनुसारको पदमा उम्मेदवारी दिने भन्दै तत्काल यो वा त्यो पद भनेर घोषणा गर्न नचाहेको स्पष्ट पारे।
सम्बन्धित
प्रतिक्रिया