मंगलबार, मंसिर १८, २०८१

‘बाबुआमाको नामबाट हाेइन विद्यार्थी जीवनबाटै दु:खकष्ट भोगेर अगाडि बढेको हुँ’

नेपालखोज २०७८ असोज २४ गते १४:२२

काठमाडाैं । नेपाली कांग्रेस प्रभाव साली नेता प्रकाश मान सिंहले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं महानगर २२ वडाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै झन्डै दुई तिहाई जनमत पाएको सरकार किन बाहिरनु पर्यो ? विधि नमाने सी कानुनभन्दा ममाथि, मैले जे गरे पनि हुन्छ भनेकाले ओली सरकार असफल भएकाे बताए ।

उनले गत चुनाव अगाडि आईजीपी प्रकरण र प्रधानन्यायाधीश माथिको महाअभियोगले जनतामा कस्तो प्रभावत पर्यो भन्ने कुरा नबिर्सनसमेत अपिल गरे ।

उनले देउवा सरकारले यतिका दिन लगायर पुर्णता पाएपछि उठेका प्रश्नमाथि ख्याल ख्याल सोच्न नहुनेसमेत बताए । पार्टी भित्रका केही मानिसका गलत कार्यको सिङ्गो पार्टीले मूल्य चुकाउनु पर्नेभन्दै पदमा बस्नेले जे मन लाग्याे गर्ने अनि जनतामा हामीले जवाफ दिँदै ढाकछोप गर्नुपर्ने अनि आफ्नै नेतालाई खुइलाउने काम गर्यो भन्न मिल्छ भन्दै कडा असन्तुष्टि व्यक्त गरे ।

उनले पार्टी भित्रको एउटा समूह सुरुदेखिनै आफूविरुद गलत भ्रम फैलाउन लागेको भन्दै गणेशमान र मंगलादेवीको छोरा भएर विरासतको राजनीति गर्यो भन्ने आरोपको पनि कडा प्रतिवाद गरेका छन् ।

उनले भने ‘मैले बाबू आमाको नामबाट राजनीति गरेको छैन । सामन्य कार्यकरताले जस्तै विधार्थी जीवन बाटै राजनीति कार्यकता बनेर दुख कष्ट संङघर्स गर्दै जेल नेल भोगेर अगाडि बढेको हुँ ।’

उनले आफू जागिर खायर व्यापार व्यवसायमा लागेर रिटायर लाईफ राजनीति गर्न आएको हैन भन्ने कुरा ख्याल गर्नसमेत आग्रह गरे ।

एक थरीले पार्टी भित्रका राज कुमार भनेर हल्ला फैलाएका भन्दै राजकुमार बनेर राजनीति गर्ने अरुका बारेमा भन्नुस आफू कुनै राजकुमार बनेर राजनीतिमा प्रवेश नगरेको कुरा हेक्का राख्नसमेत आग्रह गरे ।

प्रतिक्रिया