रुपन्देहीमा स्थानीय र प्रहरीबीच झडप, भिड नियन्त्रण गर्न गोली चलाइयो

नेपालखोज २०७८ असोज २४ गते १६:५१

रुपन्देही । रुपन्देहीमा स्थानीय र प्रहरीबीच झडप हुँदा भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । सुकुम्बासी भनेर जग्गा अतिक्रमण गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीको गोली लागेर केही स्थानीयहरु घाइते भएका छन् ।

मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयमाथि प्रहरीले गोली चलाएर भिडलाई तिरवितर पारेको हो। स्थानीयले ढुंगा मुढाले प्रतिकार गरेका थिए ।

प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको हो। प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रतिक्रिया