जे.ए. ग्रुपले दियो ट्राफिकलाई २ सय थान ज्याकेट

काठमाडौं । जे.ए. ग्रुपका संस्थापकहरुले बडादसैँ, दिपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्रफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन् ।
संस्थापकहरु अनारदेवी श्रेष्ठ, जीज्ञासा अर्याल र श्रेसा शाक्यले संयुक्त रुपमा वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलार्ई आइतबार (आज) हस्तान्तरण गरका हुन् ।
उनीहरुले नेपालीहरुको महानचाडको अबसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदानप्रदानसमेत गरेका थिए । उनीहरुले ट्राफिक प्रहरीको सुरक्षाको निम्ती अन्य ट्राफिक कार्यालयहरुलाई समेत सुरक्षा ज्याकेट उपलब्ध गराउने जानकारी दिए ।
समाजसेवी अनारदेवी श्रेष्ठलगायतले दश वर्षदेखि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा विपन्नहरुलाई सहयोग गर्दै आईरहेका छन् ।
जे.ए.ग्रुपका संस्थापक अनारदेवी श्रेष्ठले सिन्धुपाल्चोकस्थित शारदा माध्यामिक विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएकी छन् ।
जे.ए. ग्रुपले डाक्टर सन्चो क्लिनिकमार्फत ललितपुरको हात्तिवन तथा हरिसिद्ध क्षेत्रमा समय समयमा निशुल्क स्वास्थ शिविर सञ्चालन गरी निशुल्क औषधी समेत वितरण गर्दै आईरहेको छ ।
संस्थाले केही दिनअघि ४० जना बृद्धबृद्धा र ९० जना बालबालिकाको नि:शुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।
युवा उद्यमी जिज्ञासा अर्यालले सेवाअनलाईन समेत संचालन गरिहेकी छन् । सेवा अनलाईनले विदेशमा छोराछोरी भएका र स्वदेशमा भएका बुढाबुढी वाआमालाई बिरामी हुँदा न्यूनतम शुल्कमा अस्पताल ल्याउनेलैजाने सेवादिँदै आएको डा. सन्चो क्लिनिकका निर्देशक जेन श्रेष्ठले जानकारी दिए ।
जे.ए. ग्रुपले भविष्यमा भौतिक पूर्वाधारहरुमा समेत लगानी गर्ने जनाएको छ । यसले विभिन्न क्षेत्रमा सेवा पुर्याउने जनाएको छ ।

प्रतिक्रिया