आइतबार, जेठ ६, २०८१

बैंक अफ काठमाण्डूद्वारा हेल्पलाइन सेवा सञ्चालन

नेपालखोज २०७८ चैत ९ गते १२:०७

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्यले हेल्पलाइन सेवा सञ्चालन गरेको छ ।

बैंकले आफ्नो ग्राहकहरूलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरूको जानकारी तथा सेवा सञ्चालनमा सहयोग गर्नको लागि हेल्पलाइन स्थापना गरेको छ ।

बैंकका अनुसार हेल्पलाइन सेवाअन्र्तगत ग्राहकले बैंकको कुनैपनि डिजिटल कारोबारहरूको कुनै जिज्ञासा भए बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् । बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम तथा पसको कारोबारमा केही समस्या आएमा बैंकका ग्राहकहरूले हेल्पलाइन नम्बर ०१–५९१९९११ वा इमेल ठेगानाबाट सिधै सहयोग लिन सक्नेछन् ।

बैंकले सार्वजनिक गरेको यस हेल्पलाइन सेवाले ग्राहकहरूको बैंकिङ कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरू, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया