विरासतको राजनीति ?

काठमाडाैं । फेसबुकले मेरो सन् २०१६ मा मौरिससका प्रधानमन्त्री अनेरुध जगनाथसँगको भेटघाटको याद दिलायो । त्यो बेला उनी प्रधानमन्त्री र उनका छोरा प्रविन्द जगनाथ अर्थमन्त्री थिए भने अहिले अनेरुधका छोरा प्रबिन्द मौरिससका प्रधानमन्त्री छन् ।
राजनीतिमा विरासत विश्वभरी रहेको पाइन्छ । विरासत भन्नाले परिवारभित्रका वा नातागोता पर्ने राजनीतिमा आउने वा उनीहरुलाई ल्याइने ।
अमेरीकामा मात्रै चार जना (याडम्स्, ह्यारिसन्, रूजभेल्ट र बुस) परिवारका २-२ जना राष्ट्रपती बनेका रहेछन् । नेपालमा बीपी, गणेशमान, महेन्द्र नारायण र अरु यस्तै परिवारको ‘लिगेसी’का लागी कांग्रेसमा अहिले संघर्ष चलिरहेको छ भनिन्छ भने प्रधान न्यायाधिसको नातेदारलाई मन्त्री बनाइएको कुरा पनि विवादमा आयो ।
मैले हाम्रो चिया भेटघाटमा प्रधानमन्त्री अनेरूदलाई ‘तपाईको छोरा तपाई पछी प्रधानमन्त्री बन्ने भन्ने हल्ला छ । तपाइलाई आफ्नै छोरालाई प्रधानमन्त्री बनायो भन्ने आरोप लाग्यो भने के गर्नु हुन्छ ?’ भनेर ‘लाईटर नोट’मा सोधेको थिए ।
उनले जबाफ दिए, ‘लिगेसी वा नातागोताबाट राजनीतिमा आएकाहरुलाई अरुभन्दा दुई गुना अब्बल प्रमाणित गर्ने चुनौती हुन्छ । उ प्रधानमन्त्री मेरो कारणले भन्दा सफल कृषी मन्त्री बनेर चिनीको उध्योगलाई राम्रो सुधार गरेको छ भने अर्थमन्त्री बन्दा आर्थिक क्षेत्र विशेषगरी कर प्रणालीको राम्रो सुधार गरेको छ । उसको कामले उ प्रधानमन्त्री बन्ने हो । जनताले मेरो छोरा भएर बनेको भन्ने भए, म उलाई प्रधानमन्त्री बनाउन अमूल्य समय खेर फाल्दिन ।’
विरासत, नातागोता र चिनजानले ‘नेटवर्क’ बनाउन स्वाभाबिक रुपले सहयोग गर्छ तर महत्वपूर्ण कुरा विरासत, नातागोता वा चिनजानबाट आउनेहरु आफ्नो जिम्मेवारीका लागी ‘डिजर्भिङ्’ (योग्य) छन् वा छैनन भन्ने हो ।
अगंराज तिमिल्सिनाको फेसबुक वालबाट

प्रतिक्रिया