आइतबार, जेठ ६, २०८१

प्रदेशसभा बैठकको मिति परिवर्तन

नेपालखोज २०७८ असोज २४ गते २१:२६

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ । यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आज दोस्रो भएको थियो ।

भोलि १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आगामी कात्तिक ५ गते शुक्रबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेशसभा सचिव पराजुलीद्वारा आज जारी सूचनामा उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम मिति परिवर्तन गरिएको बताए ।

बैठकको मिति सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सम्पूर्ण प्रदेशसभाका सदस्यलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।

प्रतिक्रिया