मोतीपुर गोलीकाण्ड, कर्फ्यु खुलाउन के हुँदै छ ?
नेपालखोज
२०७८ असोज २५ गते ८:३५

काठमाडौं । रुपन्देहीको मोतीपुरमा हिजो दिउँसोबाट सुरु कर्फ्यु अहिले पनि जारी छ ।
सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो दिउँसो चार बजेदेखि कर्फ्यु लगाएको थियो ।
मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने क्रममा झडप भए पछि गोली चलाएको प्रहरीले जनाएको छ । गोली लागेर ज्यान गुमाएका चार जनामध्ये कपिलवस्तुको वाणगंगा नगरपालिका१० का ४८ वर्षका रमेश परियारको मात्र पहिचान खुलेको छ । झडपमा पाँच जना प्रहरीसहित ९ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।
त्यहाँको अवस्थालाई सामान्यतर्फ फर्काउने विषयमा छलफल गर्न आज सुरक्षा समन्वय समितिको बैठक बस्दैछ ।
ज्यान गुमाएका चारै जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ ।
सम्बन्धित

प्रतिक्रिया