चाैबीस घण्टामा ७८५ संक्रमित थपिए, १२ जनाकाे मृत्यु
नेपालखोज
२०७८ असोज २५ गते १६:३३

काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधिमा ८८८ जना निको भइ डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २३३ जनाको पीसीआर परीक्षणबाट ६६३ र ४ हजार ९६२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ११२ जना गरी जम्मा ७८५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो चाैबीस घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । नेपालमा काेराेनाका कारण मुत्यु हुनेकाे संख्या ११ हजार २४३ पुगेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया