नवदुर्गाको छैटौं अवतार कात्यायनी देवीको पूजा आराधना गरिँदै
नेपालखोज
२०७८ असोज २६ गते ४:४५

नवरात्रिको छैठौं दिन आज नवदुर्गाको छैठौंं अवतार कात्यायनी देवीको पूजा एवं आराधना गरी मनाइँदै छ ।
भक्तिभावले कात्यायनी भगवतीको भक्ति गर्नाले साधकलाई सरल तरिकाले अर्थ, धर्म, काम तथा मोक्ष प्राप्त हुने तथा यसै लोकमा अलौकिक तेज र प्रभावले युक्त हुने विश्वास गरिन्छ । विश्वप्रसिद्ध महर्षि कात्यायनले पुत्री प्राप्तिको लागि भगवती पराम्बाको कठीन तपस्या गरे । उपासना देखि प्रसन्न भएर माता भगवतीले महर्षिको घरमा पुत्रीको रूपमा जन्म लिइन् र कात्यायनीको नामले प्रसिद्ध भइन् ।
चम्किलो एवं ज्योतिर्मय स्वरूप, दाहिनेतर्फ माथिल्लो हात अभय मुद्रामा, तल्लो हात वर मुद्रामा, देब्रेतर्फ माथिल्लो हातमा तरबार, तल्लो हातमा कमलको फूल लिएर सिंहमा सवार भएकी देवीलाई कात्यायनी देवी भनिन्छ ।
सम्बन्धित
प्रतिक्रिया