थप झडप हुने डरले मोतीपुरमा कर्फ्यु जारी
नेपालखोज
२०७८ असोज २६ गते ९:२४

रुपन्देही । रुपन्देहीको मोतिपुरमा आज पनि कर्फ्यु जारी छ । औद्योगिक क्षेत्रमा गत आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा कफ्र्यु लगाइएको हो ।
थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको बताएको छ ।
आईतबार झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्ये ४ जनाको मृत्यु भएको हो । घाइते १ जनाको अवस्था गम्भीर छ ।
मृतकहरु मध्ये कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको छ । ३ जनाको अझै पहिचान खुल्न सकेको छैन । झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाइते भएका छन् ।
घाइते प्रहरीमध्ये ६ जनाको काठमाडांैमा भईरहेको छ । सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।
सम्बन्धित

प्रतिक्रिया