हनुमानढोकामा भित्र्याउनका लागि गोरखाको दसैँघरबाट फूलपाती लिएर टोली हिँड्याे

नेपालखोज २०७८ असोज २६ गते ११:०७
फाइल तस्बिर

काठमाडौं । काठमाडौं हनुमानढोकामा भित्र्याउनका लागि आज बिहान गोरखाको दसैँघरबाट फूलपाती लिएर टोली हिँडेको छ । गोरखा दरबारबाट ल्याइएको फूलपाती हनुमानढोकास्थित दसैँघरमा भित्र्याउने परम्परा छ ।

हनुमानढोकामा ल्याउन गोरखा दरबारका सुसारेहरूले अमराइ, ठूलो वनलगायत जंगलबाट नौ प्रकारका फूलपाती संकलन गरेका थिए । बा२झ २१२९ नम्बरको गाडीले फूलपाती लिएर काठमाडौं आउँदै गरेको बताइएको छ ।

सडकको पहुँच नपुग्दासम्म गोरखाबाट धादिङको जीवनपुर हुँदै पैदलयात्रा गरेर फूलपाती हनुमानढोका ल्याउने गरिएको थियो । पृथ्वीनारायण शाहले नुवाकोट हुँदै राजधानी हनुमानढोकामा सारेपछि गोरखाको फूलपाती हनुमानढोका ल्याउने प्रचलन बसालेका थिए ।

प्रतिक्रिया