बादलले ढाक्दै गरेको सुन्दर मनास्लु हिमाल (फोटो फिचर)

नेपालखोज २०७८ असोज २६ गते १५:००

लमजुङ । तस्बिरमा लमजुङको मस्र्याङ्दी गाउँपालिका– ३ स्थित हर्षिङडाँडाबाट देखिएको बादलले ढाक्दै गरेको मनास्लु हिमालको सुन्दरता प्रष्ट देखिएको छ ।

मनास्लु हिमाल संसारको आठौँ अग्लो हिमालमा पर्दछ भने नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ । यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ । नेपाली हिमालय शृङ्खलाको एक भाग हो । यसको अवस्थिति नेपालको सुदूरपश्चिम भागमा रहेको छ।

यसको आरोहण सर्वप्रथम जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो । भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ ।

तस्बिर : रासस

प्रतिक्रिया